Main News
कोरोनाको नयाँ भेरियन्ट हावाको माध्यमबाट फैलिने सम्भावना छैनः स्वास्थ्य मन्त्रालय
२०७८ वैशाख १५ गते १८:२१
![कोरोनाको नयाँ भेरियन्ट हावाको माध्यमबाट फैलिने सम्भावना छैनः स्वास्थ्य मन्त्रालय](https://www.himalayatv.com/wp-content/uploads/2020/09/health-ministry.jpg)
१५ वैशाख २०७८ काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियन्ट हावाको माध्यमबाट फैलिने सम्भावना नरहेको बताएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छुयूँ गर्दा निस्कने थुकको माध्यमबाट मात्रै कोरोना भाइरस सर्ने बताउनुभयो । उहाँले अहिलेसम्म हावाबाट कोरोना सरेको पुष्टि नभएको समेत बताउनुभयो ।
कोरोना हावाबाट सर्ने नभई सङ्क्रमित व्यक्तिले हाच्छुयूँ गर्दा, ठूलो स्वरमा बोल्दा र गीत गाउदा मुखबाट निस्कने थुकको छिटाबाट अर्को व्यक्तिमा सर्न सक्ने मन्त्रालयले स्पष्ट पारेको छ ।
प्रतिक्रिया