Main News

उपत्यकामा भोलिदेखि निषेधाज्ञा लागू हुने भएपछि गाउँ फर्कनेको लाग्यो लर्को

हिमालय टिभी
२०७८ वैशाख १५ गते ७:३६
उपत्यकामा भोलिदेखि निषेधाज्ञा लागू हुने भएपछि गाउँ फर्कनेको लाग्यो लर्को

१५ वैशाख २०७८ काठमाडौं । काठमाडौं उपत्यकाकमा भोलिदेखि निषेधाज्ञा लागू हुने भएपछि गाउँ फर्कनेको भिड लागेको छ ।

आज बिहानैदेखि काठमाडौैको नयाँ बसपार्क, कलंकी र कोटेश्वरमा घर फर्कनेको भिड नै लागेको छ । सयौं नागरिकहरु घर फर्कनका लागि बालाजु बसपार्कमा लाम लागेका छन् ।

आधिकारिक तथ्यांक संकलन नभए पनि हिजै करिब पाँच लाख नागरिक गाउँ फर्किएको अनुमान गरिएको छ । आज हिजोको तुलनामा अझै बढी नागरिक घर फर्कने तयारीमा छन् ।

भोलिदेखि काठमाडौै उपत्यकामा निषेधाज्ञा लागू हुने र यसको समय सीमा बढ्ने भएपछि अध्ययनका लागि राजधानी आएका तथा बेरोजगार बसिरहेकाहरु गाउँ फर्कन लागेका हुन् ।

बिहानैदेखि लामो तथा छोटो दूरीका यात्रुहको भिड लागेको छ। ट्राफिक प्रहरी प्रवक्ता श्याम कृष्ण अधिकारीले अघिल्ला दिनहरुको तुलनामा ठूलो संख्यामा यात्रुहरु घर फर्कन लागेको जानकारी दिनुभयो। निषेधाज्ञासँगै उपत्यकामा अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द हुनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *