Main News

हुलका हुल मान्छे काठमाण्डौ छोड्दै, कोरोना संक्रमण फैलिने खतरा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १४ गते २१:११
हुलका हुल मान्छे काठमाण्डौ छोड्दै, कोरोना संक्रमण फैलिने खतरा (भिडियो रिपोर्टसहित)

१४ वैशाख २०७८ काठमाडौं । सरकारले दुई सातासम्म निषेधाज्ञा लगाउने निर्णय गरेपछि काठमाडौं उपत्यका छाड्नेको संख्या बढेको छ । हुलका हुल मान्छे काठमाडौंबाट बाहिरिने क्रम बढ्दो छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लगाए पनि आज काठमाडौंका विभिन्न नाकामा देखिएको दृश्यले संक्रमणको चेन ब्रेक हुने होइन, फैलिने खतरा देखिएको छ ।

यो काठमाडौ नयाँबसपार्क हो । र, यो कलंकीको दृश्य । यस्तै देखिन्छ कोटेश्वरमा पनि ।

कोरोना संक्रमण बढेपछि सरकारले बिहीबाररदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै काठमाडौं छोड्नेको लर्को छ ।

निषेधाज्ञाको सरकारी निर्णयले नागरिक यसरी आतंकित छन् कि उनीहरुलाई काठमाडौं छोड्ने हतार छ । किनकी सरकारको पछिल्लो निर्णयसँगै उनीहरुले असुरिक्षत महशुस गरेका छन् ।

उनीहरुको अनुमान छ कि अब काठमाडौंमा पुरै बन्दाबन्दी हुन्छ, काम धन्दा हुँदैन । बेलैमा गइएन भने पोहोर जस्तै दुख पाइन्छ भन्ने उनीहरुलाई लागेको छ । त्यसैले जुनसुकै मूल्य चुकाएर भए पनि काठमाडौं छोडिरहेका छन् ।

सरकारले कोरोनाको चेन ब्रेक गरेर नियन्त्रण गर्न निषेधाज्ञा लगाएको हो, तर जसरी मान्छेहरुले काठमाडौं छोडिरहेका छन्, सरकारले नागरिकलाई बुझाउन नसकेको हो कि यस्तै चाहेको हो भन्ने प्रश्न उठेको छ । किनकी मान्छेहरु यसरी अन्त जाँदा कोरोना संक्रमण नियन्त्रण होइन, फैलिने संभावना बढेको छ । सरकारले यसमा ध्यान देओस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *