Main News

सर्वोच्चमा वैशाखभर अत्यन्त जरुरी बाहेकका कुनै रिट दर्ता र सुनुवाइ नहुने

हिमालय टिभी
२०७८ वैशाख १४ गते १८:१५
सर्वोच्चमा वैशाखभर अत्यन्त जरुरी बाहेकका कुनै रिट दर्ता र सुनुवाइ नहुने

१४ वैशाख २०७८ काठमाडौं । सर्वोच्च अदातलमा २०७८ वैशाखभर अत्यन्त जरुरी बाहेकका रिट दर्ता र सुनुवाइ नहुने भएको छ ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सररकाले काठमाडौं उपत्यकामा निषेध आदेश जारी गरेपछि सर्वोच्चले अत्यन्त जरुरी बाहेकका रिट दर्ता र सुनुवाइ स्थगित गर्ने निर्णय गरेको हो ।

भोलिदेखि वैशाख मसान्तसम्म सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ गर्ने र सो बाहेकका अन्य कामकारबाही र सेवा स्थगन गर्ने निर्णय गरेको सर्वोच्चले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *