Main News

पीसीआर परीक्षणमा तोकिएभन्दा बढी शुल्क नलिन निर्देशन

हिमालय टिभी
२०७८ वैशाख १४ गते १६:४०
पीसीआर परीक्षणमा तोकिएभन्दा बढी शुल्क नलिन निर्देशन

१४ वैशाख २०७८ काठमाडौं । सरकारले तोकिएको भन्दा बढी पीसीआर परीक्षणको शुल्क नलिन प्रयोगशालालाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गर्दै केही निजी प्रयोगशालाले दुई हजार रुपैयाँभन्दा बढी पीसीआर परीक्षण शुल्क उठाएको गुनासो आएको भन्दै त्यसो नगर्न निर्देशन दिएको हो ।

तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत त्यस्ता प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइने समेत मन्त्रालयले चेतावनी दिएको छ ।

सरकारी प्रयोगशालाका लागि एक हजार र निजी प्रयोगशालाका लागि २ हजार रुपैयाँ पीसीआर परीक्षण शुल्क तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *