Main News
कोरोना संक्रमित बढेपछि कास्कीमा पनि निषेधाज्ञा
२०७८ वैशाख १४ गते १३:३१

१४ वैशाख २०७८ पोखरा । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कास्कीमा पनि निषेधाज्ञा जारी गरिएको छ ।
भोली बिहानदेखि लागू हुने गरी २१ गतेसम्म अत्यावश्यकबाहेक सबै कामहरु बन्द गर्ने गरी जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको छ ।
कार्यालयले बढी भिडभाड हुने सबै क्षेत्र बन्द गरे पनि सार्वजनिक तथा निजी यातायात भने बन्द गरेको छैन । यातायातमा जोरबिजोर लागू गर्ने गरी ‘आंशिक’ लकडाउन गर्न प्रशासनले आदेश जारी गरेको हो ।
यातायातबाहेक धेरै कुरा निषेध गरिएको छ । कोभिड १९ व्यवस्थापन केन्द्र सिसिएमसीको आइतबार बसेको बैठकले सहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रिय संक्रमित भेटिएको ठाउँमा लकडाउन गर्ने निर्णय गरेको थियो । कास्कीमा सोमबारसम्म ६ सय ६४ जना सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया