Main News

सत्तारुढ एमालेद्वारा गण्डकी प्रदेशसभा बैठकमा अवरोध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १४ गते १३:०५
सत्तारुढ एमालेद्वारा गण्डकी प्रदेशसभा बैठकमा अवरोध (भिडियो रिपोर्टसहित)

१४ वैशाख २०७८ पोखरा । सत्तारुढ नेकपा एमाले गण्डकी प्रदेश सभाको बैठकमा अवरोध गरेको छ।

पोखरामा बैठक शुरु हुना साथ नेकपा एमालेका सांसद राजिव पहारीले पीसीआर परीक्षण गरेर मात्र संसद चलाउन माग गर्नुभयो ।

उहाँले कोरोना महामारीको समयमा कास्कीमा पनि निषेधाज्ञा जारी भइसकेको अवस्थामा सुरक्षाका मापदण्ड अपनाएर मात्र प्रदेश सभा चलाउन आग्रह गर्नुभयो ।

सभामुख नेत्रनाथ अधिकारीले भने यसअघि कार्यव्यवस्था समितिबाट सहमतिमा कार्यसूची तय गरिएकाले अवरोध नगर्न आग्रह गर्नुभयो । तर, एमालेका सांसदहरुले विरोध गरिरहेकाले बैठक २० मिनेटका लागि स्थगित गरिएको हो ।

प्रदेश सभाको विशेष अधिवेशनमा आज पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुने कार्यसूची छ।

आजै अविश्वासको प्रस्ताव मतदानमा लैजाने विपक्षी दलको चाहना भए पनि भोलिमात्र मतदान हुने छ । हस्ताक्षर नगरे पनि राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *