Main News

थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १३ गते १७:१९
थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको मृत्यु

१३ वैशाख २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । ३ हजर ५ सय ५६ नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो पटक गरीएको १२ हजार ४ सय जनाको पसीआर परीक्षणमा २ हजार ४ सय ४२ र ८ सय ९३ जनाको एन्टीजेन परीक्षणमा १ सय १४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै १९ सय १२ जना संक्रमित भेटिएका छन्। जसमा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा भेटिका छन्। सोमबार काठमाडौंमा १५ सय ६७ जना, ललितपुरमा २ सय २३ र भक्तपुरमा १ सय २२ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बाँकेमा ३०७, मोरङमा १३४, पर्सामा ९८, चितवनमा ९६ तथा रुपन्देहीमा ९५ जना संक्रमित थपिएका छन् । यसैगरी कास्कीमा ६२, झापामा ४३, सुनसरीमा ४२, कञ्चनपुरमा ४१, पाल्पामा ३४, मकवानपुर र बैतडीमा ३२/३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ ।

हाल २ सय ६८ जनाको आईसीयु र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सयको पीसीआर र ८ सय ९३ जनाको एन्टीजेन परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *