Main News

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १३ गते १४:०५
काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा (भिडियो रिपोर्टसहित)

१३ वैशाख २०७८ कञ्चनपुर । कोरोना संक्रमण ह्वात्तै बढेपछि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने तयारी गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा लगाउनुपर्ने बाध्यात्मक अवस्था आएको बताउनुभयो ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा निषेधाज्ञा लगाएर खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने तयारी छ ।

निषेधाज्ञा लगाएर गाडी समेत बन्द गर्नुअघि नागरिकलाई कतै आवतजावत गर्न दुई दिनको समय दिईनेछ ।

निषेधाज्ञाको निर्णय सार्वजनिक गर्नुअघि अहिले मुख्य सचिव शंकरदास वैरागी र काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीबीच छलफल भैरहेको छ । छलफलपछि निषेधाज्ञाको निर्णय सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *