फ्रान्समा कोरोनाको तेस्रो लहर, एकैदिन १४५ जनाको मृत्यु
१३ वैशाख २०७८ पेरिस । फ्रान्समा कोरोना संक्रमणको तेस्रो लहर शुरु भएको आशंका गरिएको छ ।
आइतबारको तुलनामा आईसीयुमा भर्ना गर्नुपर्ने अवस्थाका बिरामी बढेसँगै तेस्रो लहर शुरु भएको आशंका गरिएको हो । राष्ट्रपति इमैनुएल मैक्रोंले देशमा कोरोनाको तेस्रो लहर शुरु भएको संकेत देखिएको बताउनु भएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार फ्रान्सको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएको छ ।
एकदिनअघिसम्म फ्रान्समा आईसीयूमा भर्ना भएका बिरामीको संख्या ५ हजार ९ सय ५९ जना थियो। आइतबार यो बढेर ५ हजार ९ सय ७८ पुगेको बताइएको छ।
फ्रान्समा आइतबार २४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
फ्रान्समा अहिलेसम्म कोरोना संक्रमणका कारण १,०२,८५९ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया