जन्ती बस दुर्घटनामा दुई जना बालिकाको मृत्यु, ६ जना घाइते

Himalaya Television
२०७८ वैशाख १३ गते ६:०८

जन्ती बस दुर्घटनामा दुई जना बालिकाको मृत्यु, ६ जना घाइते

१३ वैशाख २०७८ रुपन्देही । रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर दिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्मरबहादुर विकले जानकारी दिनुभयो ।

दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गङ्गा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट सरस्वतीको घटनास्थलमै र गङ्गाको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये टिपर चालकको युनिभर्सल मेडिकल कलेजमा र अन्य चारको क्रिमसन अस्पतालमा उपचार भइरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs