विदेश

भारतमा एकैदिन ३ लाख ४९ हजार कोरोना संक्रमित थपिँदा २७ सय बढीको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १२ गते ९:५२
भारतमा एकैदिन ३ लाख ४९ हजार कोरोना संक्रमित थपिँदा २७ सय बढीको मृत्यु

१२ वैशाख २०७८ नयाँ दिल्ली । पछिल्लो पटक भारतमा ३ लाख ४९ हजारभन्दा बढी कोरोनाका संक्रमित थपिँदा २७ सयभन्दा बढीको मृत्यु भयो ।

भारतमा कोरोना संक्रमित हुनेको संख्या लगातार चौंथो दिन पनि ३ लाखभन्दा माथि रह्यो । भारतमा एकैदिन संक्रमित तथा मृत्यु हुने यो संख्या अहिलेसम्मकै धेरै हो ।

अघिल्लो दिन ३ लाख ४५ हजार भन्दा बढी जनामा संक्रमण पुष्टि हुँदा २६ सय भन्दा बढीले ज्यान गुमाएका थिए । अत्याधिक संक्रमितसँगै अस्पतालहरुमा बेड तथा अत्यावश्यक अक्सिजनको चरम अभावको अवस्था सिर्जना भएको छ ।

अस्पतालमा संक्रमितले अक्सिजन नपाएरै ज्यान गुमाइरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । त्यस्तै अन्तिम संस्कारकार लागि पनि लामो समय पालो पर्खनु पर्ने अवस्था छ ।

पछिल्लो समय विश्वमा कोरोनाका ८ लाख २१ बढी संक्रमित थपिए । त्यस्तै १३ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । सोही अवधिमा ब्राजिलमा सबैभन्दा धेरै करिब ३ हजार जनाको मृत्यु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *