मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा महिलाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १२ गते ९:२९
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा महिलाको मृत्यु

१२ वैशाख २०७८ झापा । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१०प ५५२० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा पछाडि सवार राईको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते उहाँको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सुमन थापालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *