समृद्धिका लागि ठुला पूर्वाधार निर्माणको तिब्रतामा जोड

Himalaya Television
२०७८ वैशाख ११ गते १८:१८

समृद्धिका लागि ठुला पूर्वाधार निर्माणको तिब्रतामा जोड

११ वैशाख २०७८ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले देशको समृद्धिका लागि ठूलाठूला भौतिक पूर्वाधार निर्माण गर्ने काममा तिब्रता दिनुपर्ने बताउनुभएको छ ।

नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवन शिलान्यास गर्दै मन्त्री नेम्बाङले ठूलाठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव नभएको बताउनुभयो ।

देशमा नयाँनयाँ सुरुङमाग, रेलमार्ग, एयरपोर्ट, सिँचाई अयोजना निर्माण हुने चरणमा रहेकोले त्यस्ता पूर्वाधार निर्माणका लागि इन्जिनियरिङ क्षेत्रले आफूलाई विकाश गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

सरकारले बोकेको राष्ट्रिय आकांक्षालाई पुरा गर्न, समृद्धि र विकास प्राप्तिका लागि इन्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको पनि उहाँले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs