Main News
कोरोना संक्रमण बढेपछि कोहलपुरमा भोलि रातिदेखि एक साताका लागि लकडाउन (भिडियो रिपोर्टसहित)
२०७८ वैशाख ११ गते १७:४७
![कोरोना संक्रमण बढेपछि कोहलपुरमा भोलि रातिदेखि एक साताका लागि लकडाउन (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2021/04/Kohalpur-2.jpg)
११ वैशाख २०७८ बाँके । कोरोना संक्रमण तिब्र भएपछि बाँकेको कोहलपुरमा पनि भोलि राति १२ बजेदेखि एक सातासम्म लकडाउन गरिने भएको छ ।
कोहलपुर नगरपालिकाको कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको आज बसेको बैठकले वैशाख १२ गते रातिदेखि लकडाउन गर्ने व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ ।
कोहलपुर नगरपालिका क्षेत्रमा २ सय ६१ जना कोरोनाका सक्रिय संक्रमित छन् । संक्रमितमध्ये हालसम्म ४ जनाको मृत्यु भएको छ ।
संक्रमितको उपचारका लागि कोहलपुर नगरपालिकाले एमबीएस चिकित्सकसहितको आइसोलेशन केन्द्र संचालन गर्दै आएको छ ।
केन्द्रमा ११ जना संक्रमित छन् । तिब्र रुपमा बढ्दै गएको कोरोना संक्रमणको चेन ब्रेक गर्न कोहलपुर नगर क्षेत्रमा लकडाउन गर्न लागिएको हो ।
प्रतिक्रिया