राजनीति

लचिलो भएर एकताको प्रयास गर्दा पनि ओलीले अस्वीकार गरेको नेता नेपालको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १० गते १८:५७
लचिलो भएर एकताको प्रयास गर्दा पनि ओलीले अस्वीकार गरेको नेता नेपालको दाबी (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफु लचिलो भएर पार्टी एकताका लागि प्रयास गरे पनि अध्यक्ष केपी शर्मा ओलीले अश्विकार गरेको बताउनुभएको छ ।

आफुहरुलाई पार्टीबाट कसैले निकाल्न नसक्ने र छाडेर पनि नहिडने नेता नेपालले प्रष्ट पार्नुभएको छ । अध्यक्ष ओलीको नियत नै ठिक नभएकाले दुई पटकसम्म भएको छलफल निष्कर्षमा नपुगेको नेता नेपालले दाबी गर्नुभयो ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आफु कसैले निकाल्दैमा पार्टी छाडेर नहिड्ने भन्दै केपी ओलीको दम्भ अहिले धरहराभन्दा माथि उक्लिएको आरोप लगाउनुभयो ।

पार्टी एकताका लागि संयुक्त बैठक राखेर त्यहीबाट सदस्य थप्न सकिने आफुले प्रस्ताव राखेको पनि उहाँले जनाउनुभयो ।

पहिलो भेटमा अध्यक्ष ओली सकारात्मक रुपमा पेश हुँदा केही आशा जागेको पनि नेता नेपालले सुनाउनुभयो । आफुलाई केही पद नचाहिएको र सरकारको स्थायित्वको जिम्मा लिन्छु भन्ने प्रस्ताव पनि आफुले राखेको उहाँले सुनाउनुभयो ।

तर दोस्रो बैठक अघि नै अध्यक्ष ओली परिवर्तन भएर आफ्नो निर्णय नमाने पार्टी छाड भन्ने शैलीमा पेश भएको नेता नेपालले दाबी गर्नुभयो ।

नेता नेपालले अध्यक्ष ओलीको व्यवहारका कारण उपाध्यक्ष वामदेव गौतम अहिले आक्रोशित बनेको दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्