एकैदिन २५५९ कोरोना संक्रमित थपिए, थप पाँच जनाको मृत्यु

Himalaya Television
२०७८ वैशाख १० गते १७:१७

एकैदिन २५५९ कोरोना संक्रमित थपिए, थप पाँच जनाको मृत्यु

१० वैशाख २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण दैनिक बढिरहेको छ । पछिल्लो पटक एकैदिन २५ सय ५९ जना संक्रमित थपिएका छन् ।

८ हजार ७ सय ९८ पीसीआर परीक्षणबाट २४ सय ४९ र ८ सय ६६ एन्टिजेन परीक्षणबाट १ सय १० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक संक्रमणबाट थप पाँचजनाको मृत्‍यु भएको छ ।

यस्तै ४ सय १० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १४ हजार सात सय २४ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs