Main News

पार्टीलाई सबै भित्री र बाहिरी आँधीबेहरीबाट रक्षा गरौंः अध्यक्ष डा. भट्टराई

हिमालय टिभी
२०७८ वैशाख १० गते १३:५९
पार्टीलाई सबै भित्री र बाहिरी आँधीबेहरीबाट रक्षा गरौंः अध्यक्ष डा. भट्टराई

१० वैशाख २०७८ काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले पार्टीलाई सबै भित्री–बाहिरी आँधीबेहरीबाट रक्षा गर्नुपर्ने बताउनु भएको छ ।

जसपा स्थापनाको एक वर्ष पूरा भएको उपलक्ष्यमा अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत वैकल्पिक शक्तिको रुपमा स्थापित पार्टीको रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच २०७७ साल वैशाख १० मा एकीकरण हुँदै जसपा स्थापना भएको हो। स्थापनाको एक वर्ष पुग्दै गर्दा सत्ता समीकरणको विषयलाई लिएर जसपा फुटको डिलमा पुगेको चर्चा हुन थालेको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्यको पक्षमा देखिनु भएको छ । अर्का अध्यक्ष भट्टराई र उपेन्द्र यादव भने कुनैपनि हालतमा ओलीलाई सरकारबाट विदा गर्ने पक्षमा हुनुहुन्छ ।

लुम्बिनी प्रदेशमा पार्टीको निर्णय विपरीत जसपाका चार जना सांसद सरकारमा सहभागी भएकाले विवाद बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *