विदेश

भारतमा एकैदिन ३ लाख बढीमा कोरोना संक्रमण, २२५६ जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १० गते ८:०८
भारतमा एकैदिन ३ लाख बढीमा कोरोना संक्रमण, २२५६ जनाको मृत्यु

१० वैशाख २०७८ नयाँ दिल्ली । भारतमा लगातार दोस्रो दिन पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ ।

पछिल्लो पटक भारतमा ३ लाख ३२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । विश्वमा कोरोना शुरु भएयता भारतमा एकै दिन संक्रमित हुने संख्या अहिलेसम्मकै धेरै हो ।

अघिल्लो दिनमात्रै भारतमा झण्डै ३ लाख १६ हजार जना संक्रमित फेला परेका थिए । संक्रमणको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित बनेको भारतमा महामारी नियन्त्रण बाहिर गइरहेको विज्ञको भनाइ छ । भारतमा पछिल्लो पटक संक्रमित र मृत्यु हुने संख्या विश्वमै धेरै हो ।

संक्रमण बढेकै कारण कतिपय राज्यमा प्रतिबन्धात्मक नियम, रात्रिकालिन कफर्यु तथा लकडाउन लागू भएका छन् । अस्पतालहरुमा संक्रमितका लागि बेड पाउन छोडिएको छ भने अक्सिजनको पनि चरम अभाव छ ।

भारतमा संक्रमितको संख्या १ करोड ६५ लाख ५७ हजार नाघेको छ । २८ लाख भन्दा बढी हुँदा संक्रिय संक्रमित रहँदा संक्रमणमुक्त हुने १ करोड ३६ लाख नाघेका छन् । संक्रमणबाट त्यहाँ अहिलेसम्म करिब १ लाख ८७ हजार जनाको मृत्यु भैसकेको छ ।

पछिल्लो पटक विश्वभर करिब ८ लाख ७२ हजार जना कोरोनाका संक्रमित थपिए । भारतपछि अमेरिकामा ६६ हजार, टर्कीमा ५४ हजार तथा ब्राजिलमा ४९ हजार भन्दा बढीमा संक्रमण भएको छ ।

पछिल्लो पटक विश्वमा कोरोना संक्रमित मध्ये १३ हजार भन्दा बढीको मृत्यु भएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १४ करोड ५३ लाख नाघ्दा ३० लाख ८४ हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *