नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल समूहको स्पष्टिकरणबारे छलफल हुने
१० वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसँग भएको छलफलबारे जानकारी गराउनु हुनेछ ।
यसैगरी बैठकमा सांसदले बुझाएको स्पष्टिकरणका विषयमा पनि निर्णय हुने जनाइएको छ । बैशाख ६ गते बसेको बैठकले वरिष्ठ नेता माधकुमार नेपालसहित २७ सांसदलाई स्पष्टिकरण सोधेको थियो ।
बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेछ भने प्रदेश सरकारको सम्बन्धमा पनि निर्णय लिनेछ । समसामयिक प्रस्तावहरु पारित गरी बैठक समापन हुनेछ ।
एमालेको बैशाख ६ गते बसेको बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेको थियो । बैठकले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णयसमेत गरेको छ।
प्रतिक्रिया