ओलीविरुद्ध नेपाल–खनाल समूहको मुद्दा सर्वोच्चमा दर्ता
९ चैत २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल खनाल समूहले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
सांसद पद नरहने गरी गर्न लागेको कारवाही र फागुन २८ गते गरेको सबै निर्णय कार्यान्वयन रोक्न माग गर्दै हिजो दिएको रिट आज दर्ता भएको हो ।
रिटको प्रारम्भिक सुनुवाइका लागि आइतबार पेसी तोकिएको सर्वोच्चले जनाएको छ ।वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओली विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गर्नुभएको छ ।
केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुनको समेत विपरित भएको निवेदनमा उल्लेख छ ।
आफूहरू सहित २७ जना प्रतिनिधिसभा सदस्यलाई कुनै पनि बखत दल त्याग गरेको कारबाही गर्नसक्ने पूर्ण आशंका भएकोले रोक्न माग गरिएको छ ।
त्यस्तै केन्द्रीय कमिटी बैठक अबिलम्ब बोलाउनू भन्दै आदेश दिन पनि नेपाल समूहले माग गरेको छ। ओलीले माधवकुमार नेपालसहित २७ जना सांसदलाई पदबाट हटाउने तयारी सहित स्पष्टीकरण सोध्नुभएको छ ।
यस्तै फागुन २३ गते अदालतले एमाले ०७५ साल जेठ दुई गतेको अवस्थामा पुगेको फैसला गरेपनि अध्यक्ष ओलीले नमानेर अदालतलको अवहेलना गरेको पनि एमालेलाई ०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन माग गरिएको छ ।
नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटीलाईपूर्ववत रुपमा काम काज गर्ने बनाउन परमादेश र अरु गैरकानूनी कारवाही उत्प्रेषण र प्रतिषेधको आदेश मार्फत रोक्न माग गरिएको छ ।
प्रतिक्रिया