Main News

भोलिदेखि फेरि पशुपतिनाथलगयतका मन्दिरमा दर्शन गर्न नपाइने

हिमालय टिभी
२०७८ वैशाख ९ गते २०:४२
भोलिदेखि फेरि पशुपतिनाथलगयतका मन्दिरमा दर्शन गर्न नपाइने

९ चैत २०७८ काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्न थालेपछि भोलिदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पाशुपत क्षेत्रका मन्दिर बन्द गरिने भएको छ ।

मन्दिरमा नित्य पूजा भने जारी रहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसै अनुसार मन्दिर बन्द गरिएको कोषले आज जारी गरेको सूचनामा उल्लेख छ ।

पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप निषेध गरिएको सूचनामा उल्लेख छ । कोरोना संक्रमण फैलिन नदिन गत वर्ष पनि यसरी नै मन्दिर बन्द गरिएको थियो ।

२०७६ साल चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि खुला गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *