Main News

वीरगञ्जमा दुई, अछाम र चितवनमा एकएक जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख ९ गते १५:२६
वीरगञ्जमा दुई, अछाम र चितवनमा एकएक जना कोरोना संक्रमितको मृत्यु

९ वैशाख २०७८ काठमाडौं । पछिल्लो समय वीरगञ्जमा दुई, अछाममा एक र चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । वीरगञ्ज– १६ का ६१ वर्षीया महिला र १९ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

वैशाख ७ गते नारायणी अस्पतालमा भर्ना भएकी महिलाको बिहीबार बिहान सवा १ बजे र ५ गते नारायणी अस्पतालमा भर्ना पुरुष बिहान १० बजेर ५० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा राखिएको थियो । नारायणी अस्पतालमा ३१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरुमध्ये २८ जनालाई अक्सिजन दिएर राख्नुपरेको अस्पतालले जनाएको छ ।

यसैगरी पोखराका कोरोना सङ्क्रमितको यहाँ मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् ।

मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार भारतबाट रोजगारी गरी हालै घर फर्किएका ती पुरुषको जिल्ला अस्पताल मङ्गलसेनमा उपचारका क्रममा मृत्यु भएको हो ।

ज्वरो तथा रुघाखोकी लागेपछि बुधबार उनलाई बयलपाटा अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना सङ्क्रमण देखिएपछि ती पुरुषलाई जिल्ला अस्पतालका आइसोलेशनमा राखेर उपचार शुरु गरिए पनि आज बिहान उनको मृत्यु भएको हो । दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी तथा अछाममा एक÷एक जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *