Main News

आजबाट बन्द भए देशका विभिन्न २५ सहरका विद्यालय

हिमालय टिभी
२०७८ वैशाख ७ गते १३:१०
आजबाट बन्द भए देशका विभिन्न २५ सहरका विद्यालय

७ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि आजदेखि देशका विभिन्न२५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २० जिल्लाका २५ सहरमा विद्यालय, कलेजलगायत शिक्षण संस्था वैशाख मसान्तसम्मका लागि बन्द गरिएका हुन्। कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार सरकारले संक्रमणबाट विद्यार्थी बचाउन सहरी क्षेत्रका शिक्षण संस्थासँगै रात्रिकालीन व्यवसाय तथा फिल्म हललागयत भीडभाड स्थल वैशाख मसान्तसम्मका लागि बन्द गराएको हो।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार आजदेखि काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै स्थानीय तहका शैक्षिक संस्था बन्द गरिएको छ । यस्तै बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, विराटनगर, इटहरी, धरान, वीरगन्ज, जनकपुर र राजविराजका क्षैक्षक संस्था पनि बन्द भएका छन् ।

यस्तै हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज, धनगढी, वीरेन्द्रनगर र भीमदत्तनगर क्षेत्रका शिक्षण संस्था पनि बन्द गरिएका हुन् । सहरी क्षेत्रमा आजदेखि वैशाख मसान्तसम्म शैक्षिक संस्था, विद्यालय, तालिम केन्द्र, ट्युसन सेन्टर खुल्ने छैनन्। विद्यालय बन्द भएका क्षेत्रमा अब भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्नेछ।

ती सहरहरुमा सिनेमा हल,पार्टि प्यालेस, जीमखाना, स्विमिङ पुल, फुटसल, सभा, लगायत मानिसको भिडभाड हुने सबै प्रकारका कार्यक्रम पनि आजैदेखि बन्द हुनेछन् । होटल तथा रेष्टुरेन्ट भने स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *