कर्णालीमा आज सार्वजनिक बिदा

Himalaya Television
२०७८ वैशाख ७ गते ९:१५

कर्णालीमा आज सार्वजनिक बिदा

७ वैशाख २०७८ कर्णाली । कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

कर्णालीमा चैतेदशैँलाई अन्य चाडपर्वझै उत्सवका साथ मनाउने गरिन्छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशअन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा लागू हुने जनाएको छ ।

प्रदेश सरकारले चैतेदशैँका अतिरिक्त धान दिवस, प्रदेश शहीद दिवसमा पनि सार्वजनिक बिदा दिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs