Main News

वैशाख १३ गतेका लागि गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आव्हान

हिमालय टिभी
२०७८ वैशाख ६ गते १७:३४
वैशाख १३ गतेका लागि गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आव्हान

६ वैशाख २०७८ काठमाडौं । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बैशाख १३ गतेका लागि बोलाइएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले बैशाख १३ गते दिउँसो २ बजेका लागि विशेष अधिवेशन आह्वान गर्नु भएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष वैशाख ३ मा निवेदन दिएका थिए ।

वैशाख ३ गते नै तीन दलले संसद सचिवालयमा मुख्यमन्त्री पृथ्वी सुब्वाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख शेरचनले वैशाख २ गते राति प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्नु भएको थियो ।

६० सदस्य रहेको गण्डकी प्रदेशमा नेकपा एमालेको २७, नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *