Main News

कोरोना संक्रमण र मृत्युदर बढ्यो, १२८१ संक्रमित थपिँदा ८ जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख ६ गते १७:२१
कोरोना संक्रमण र मृत्युदर बढ्यो, १२८१ संक्रमित थपिँदा ८ जनाको मृत्यु

६ वैशाख २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर पनि बढेको छ । पछिल्लो पटक एकैदिन ८ जनाको मृत्यु भएको छ ।

संक्रमणबाट एकैदिन यति धेरैको ज्यान गएको यो दुई महिनायताकै उच्च हो । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ । पछिल्लो पटक देशमा १२ सय ८१ जना संक्रमित थपिएका छन् ।

७ हजार पीसीआर परीक्षणमा १२ सय २७ र ५ सय ४७ एन्टिजेन परीक्षणबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै पीसीआर परीक्षणबाट भेटिएका कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ ।

काठमाडौँ उपत्यकामा ६ सय ३४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५ सय ५, ललितपुरमा ९७र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक २ सय ५५ जना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेको संख्या संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५४ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *