कोरोना रोकथामका लागि जमुनाहा नाकामा यस्तो कडाइ, तर रोकिएन भिडभाड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ६ गते ६:२९
कोरोना रोकथामका लागि जमुनाहा नाकामा यस्तो कडाइ, तर रोकिएन भिडभाड (भिडियो रिपोर्टसहित)

६ वैशाख २०७८ नेपालगन्ज । कोरोना भाइरस संक्रमणको तिब्र रुपमा फैलिन थालेपछि नेपालगन्जको जमुनाहा रुपैडिया नाकामा कडाइ गरिए पनि अझै भिडभाड नियन्त्रण भएको छैन । औषधि उपचार र अत्यावश्यक काममा बाहेक अन्य प्रयोजनका लागि जमुनाहा नाका भएर भारत जान रोक लगाइएको छ । भारतमा रोजगारी भएका नेपालीहरु भने आफ्नो परिचय पत्र देखाएर जोखिमै मोलेर भए पनि भारततर्फ गइरहेका छन् ।

सीमा नाकाबाट हुने ओहोरदोहोर नियन्त्रणका लागि प्रशासनले कडाई गरे पनि सीमा नाकामा भिड भाड अझै नियन्त्रण हुन सकेको छैन । शनिबार मात्रै नेपालगन्जबाट २ सय ९९ जना भारततर्फ गएका छन भने भारतबाट एक हजार २ सय ९५ जना नेपाल आए ।

भारतबाट दैनिक १ हजारदेखि १२ सय संख्यामा नेपाली घर फर्किरहेका छन । सीमा नाकामा खटिएका २ जना स्वास्थ्यकर्मीले एक हजार देखि १२ सय जनाको स्वास्थ्य परिक्षण गर्न त्यति सहज छैन । तैपनि सुरक्षाकर्मीको सहयोगमा हेल्थ डेक्सका कर्मचारीले भारतबाट आएकाहरुको ज्वरो जाँच्ने र एन्टिजेन परीक्षण गरी कोरोना भए नभएको यकिन गर्दै आएका छन ।

किनमेल लगायत बिभिन्न काममा नेपालगन्जको जमुनाहा रुपैडिया नाकाबाट सीमाबर्ती भारतीय बजारमा जाने ब्यक्तिलाई सीमा नाका मै रोकेर फर्काउने गरिएको छ ।

भारतबाट काम बिशेषले नेपाल आएका भारतीयलाई भने परिचय पत्र हेरेर भारत फर्कन दिने व्यवस्था मिलाइएको छ । सीमा नाका ब्यबस्थित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले थप जनशक्ति परिचालन गरेका छन् । तर पनि सीमा नाका व्यवस्थित बनाउन समस्या देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *