Main News

पत्रकारलाई तर्साउने काम बन्द गर्न महासंघका अध्यक्ष पोखरेलको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ५ गते १९:०९
पत्रकारलाई तर्साउने काम बन्द गर्न महासंघका अध्यक्ष पोखरेलको आग्रह (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ काठमाडौं । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले पत्रकारलाई तर्साउने काम बन्द गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

पदभार ग्रहण गर्दै अध्यक्ष पोखरेलले सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

रअ प्रमुखसित प्रधानमन्त्रीलाई जोडेर केही अनलाईनले समाचार सामग्री प्रसारण गरेपछि प्रहरीले हतियारसहित घरमा पुगेर खानतलाशी गर्ने काम गरेको थियो । महासंघले त्यसको विरोध गरेको हो ।

ती अनलाईनले पछि असावधानीवश गलत समाचार सम्प्रेषण भएको भनेर माफी मागेका छन । प्रहरीले पत्रकारको घर खानतलाशी गरेकोमा प्रेस काउन्सिलले पनि आपत्ति जनाएको छ ।

गत चैत २५ गते भएको पत्रकार महासंघको चुनावबाट निर्वाचित विपुल पोखरेलको नयाँ नेतृत्वले आजदेखि पदभार ग्रहण गरी कम थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *