Main News

स्वास्थ्य मन्त्रालयले भन्यो–बालबालिकामा कोरोनाको गम्भीर असर, अहिलेसम्म दश बालबालिकाको मृत्यु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ५ गते १७:४५
स्वास्थ्य मन्त्रालयले भन्यो–बालबालिकामा कोरोनाको गम्भीर असर, अहिलेसम्म दश बालबालिकाको मृत्यु (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ काठमाडौं । स्वास्थ्य मन्त्रालयले बालबालिकामा कोरोनाको गम्भीर असर देखिने स्पष्ट पारेको छ ।

हालैका दिनमा एक जना बाल चिकित्सकले सार्वजनिक सञ्चारमाध्यमबाट कोरोनाले बालबालिकामा खासै असर गर्दैन भन्ने अभिव्यक्ति दिएपछि मन्त्रालयले यस्तो धारणा सार्वजनिक गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले प्रेस ब्रिफिङमा शनिबारसम्मको तथ्यांक दिँदै पाँच बर्ष मुनिका ३ हजार ५६५ जना बालबालिका कोरोना संक्रमणमा परेको जानकारी दिनुभयो ।

अहिले पनि यही उमेर समूहका ५१ जना सक्रिय संक्रमितको उपचार भैरहेको छ । कोरोनाका कारण हालसम्म पाँच बर्ष मुनिका १० बालबालिकाले ज्यान गुमाइसकेको समेत उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार १० वर्ष मुनिका बालबालिकाको संख्या आधारमान्दा यो संख्या निकै ठूलो हो । डाक्टर गौतमले अभिभावकलाई बालबालिकालाई विद्यालय नपठाउन आग्रह पनि गर्नुभयो ।

तर, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले एक सार्वजनिक कार्यक्रममा बालबालिका घरमा भन्दा विद्यालयमा सुरक्षित भएको दावी गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *