समर्थन फिर्ता लिन माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
५ वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्न स्थायी समिति बैठक बोलाएको छ ।
भोलि दिउँसो १ बजेका लागि बोलाइएको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने नेताहरुले बताएका छन् ।
कर्णाली प्रदेशमा माओवादीकातर्फबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएपछि यसले संघीय सरकारको समीकरण फेर्नुपर्ने आवाज माओवादीमा बलियो हुँदै गएको छ ।
कर्णाली प्रदेश सरकार टिकाउन नेकपा एमालेका माधवकुमार नेपाल समूहले साथ दिएपछि माओवादी केन्द्रले संघीय सरकारमा पनि ओली सरकार फेर्ने गृहकार्य गरेको हो।
शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा जस्तै गण्डकी र लुम्बिनी प्रदेश सरकार र संघीय सरकारसमेत बदल्ने तयारी भइरहेको बताउनु भएको थियो ।
प्रतिक्रिया