Main News

गृहमन्त्री थापा सांसदबाट मुक्त

हिमालय टिभी
२०७८ वैशाख ५ गते १३:१०
गृहमन्त्री थापा सांसदबाट मुक्त

५ वैशाख २०७८ काठमाडौं । गृहमन्त्री रामबहादुर थाप बादल सांसद पदबाट मुक्त हुनुभएको छ ।

राष्ट्रिय सभा सचिवालयले आज सुचना जारी गर्दै राष्ट्रिय सभा सदस्य पद खारेज भएको जनाएको छ। नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले थापालाई कारबाही गरेको थियो ।

गत चैत २७ गते नै माओवादीले थापालाई कारबाही गरिएको जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी दिएको हो ।

सांसद पद खारेज भएसँगै थापा गृहमन्त्रीबाट पनि पदमुक्त हुनुभएको छ । एमाले बागमती इन्चार्ज रहनु भएका थापालाई प्रधानमन्त्री ओलीले ६ महिनाका लागि पुन गृहमन्त्री बनाउनुहुने छ ।

प्रधानमन्त्री ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गर्नुभएको छ । बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण हुने तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्था अनुसार बादल पुनः गृहमन्त्री बन्ने हुनुभएको हो ।

यसैबीच संबैधानिक व्यवस्था अनुसार रिक्त रहेको पदमा ३५ दिन भित्र उप चुनाव गराउनु पर्ने भएको छ ।

राष्ट्रियसभा निर्वाचन ऐन २०७५ मा पदावधि ६ महिनाभन्दा बढी कायम रहँदा राष्ट्रिय सभा सदस्यको पद रिक्त हुन गएमा ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले उपचुनाव गराउने उल्लेख छ। यहि प्रावधान अनुसार ३५ दिनभित्र उपचुनाव गराउनुपर्ने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *