Main News

कोरोना रोकथाम र नियन्त्रणमा सहयोग गर्न प्रधानमन्त्रीको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ४ गते १८:५५
कोरोना रोकथाम र नियन्त्रणमा सहयोग गर्न प्रधानमन्त्रीको आग्रह (भिडियो रिपोर्टसहित)

४ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सबै दलसँग सहयोगको आग्रह गर्नुभएको छ ।

बालुवाटारस्थित आफ्नो सरकारी निवास संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाएर प्रधानमन्त्रीले महामारी नियन्त्रणबारे सुझाव लिनुका साथै मिलेर अघि बढ्न आग्रह गर्नुभएको हो ।

सहभागी दलले कोरोना नियन्त्रणमा
प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा नेपाली कांग्रसले आइसोलेसन बेड र संक्रमितको उपचारका लागि गतिलो प्रवन्ध गर्न सुझाव दिएको छ ।

बैठकमा आफुलाई खबर नभएको भन्दै माओवादी केन्द्र भने सहभागी भएन । परराष्ट्रमन्त्री ज्ञवालीले भने खवर गरिएको दाबी गर्दै बैठकमा नआएर माओवादी केन्द्रले गैर जिम्मवारी देखाएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *