Main News
विश्वासको मत पाएपछि मुख्यमन्त्री शाहीले भने–अब जनताको हितमा काम गर्छु
२०७८ वैशाख ३ गते १८:५१

३ वैशाख २०७८ पाँचथर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभामा विश्वासको मत पाएपछि अब आफूले जनताको हितमा काम गर्ने बताउनुभएको छ ।
प्रदेश सभा परिसरमा पत्रकारसित कुरा गर्दै शाहीले नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनु परेको बताउनुभयो । विश्वासको मत पाएपछि उहाँले प्रदेशलाई समृद्ध बनाउने पहिल्यैदेखिको सपना पूरा गर्ने बताउनुभयो ।
शाही नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री हुनुहुन्छ । सर्वोच्च अदालतको आदेश अनुसार नेकपा एमाले र माओवादी ब्युतिएपछि एमालेले उहाँमाथिको समर्थन फिर्ता लिएको थियो ।
तर एमालेकै नेपालखनाल समूहका चार जना सांसदले शाहीको पक्षमा मतदान गरेपछि उहाँ मुख्यमन्त्रीमै कायम रहनु भएको छ ।
प्रतिक्रिया