Main News

नेपाल–भारत असमझदारी आपसी सम्वादबाट हल गर्न सकिन्छः मन्त्री ज्ञवाली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ३ गते १८:१६
नेपाल–भारत असमझदारी आपसी सम्वादबाट हल गर्न सकिन्छः मन्त्री ज्ञवाली (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७८ काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच देखिएका सबै समस्या छलफल र संवादबाट आपसी समझदारीमा हल गर्न सकिने बताउनुभएको छ ।

नेपाल–भारत मैत्री संघका नव निर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल र भारतबीच देखिएका सीमा लगायत सबै खाले समस्या आपसी समझदारीमा समाधान गर्न सकिने बताउनुभयो । त्यसका लागि अझै वातावरण भने नबनेको उहाँले संकेत गर्नुभयो ।

तर नेपाल र भारत मित्र भएकाले समस्या संवादबाटै समाधान हुने मन्त्री ज्ञवालीको विश्वास छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले कोभिडविरुद्धको लडाइँमा नेपाल र भारत एकसाथ अगाडि बढेको पनि बताउनुभयो । नेपाल र भारतबीच खुला सिमाना रहेको र मानिसहरुको आवागमनका कारण कोभिड महामारी फैलन नदिन दुवै देशले सहकार्य गरी काम गरिराखेको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *