Main News

सर्वोच्चका न्यायाधीश प्रस्तावित सुवेदी र चुडालको नाम संसदीय समितिबाट अनुमोदन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ३ गते १७:५८
सर्वोच्चका न्यायाधीश प्रस्तावित सुवेदी र चुडालको नाम संसदीय समितिबाट अनुमोदन (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७८ काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन गरेको छ ।

समितिले सुनुवाई गरी प्रस्तावित नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । यससँगै अब सुवेदी र चुडाललाई न्यायाधीश बन्न बाटो खुलेको छ । संसदीय समितिमा दुवै न्यायाधीश विरुद्ध उजुरी परेको थियो ।

साथै प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा समेत मुद्दा परेको थियो । सर्वोच्चले सुवेदीलाई न्यायधीश हुन योग्यता पुगेको फैसला गरेपछि संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेको छ ।

न्यायपरिषद्को फागुन २८ गते बसेको बैठकले सुर्खेत उच्च अदालतमा मुख्य न्यायाधीश सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश चुडालको नाम सिफारिस गरेको थियो ।

सुनुवाईमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै सुवेदीले न्यायाधीशले स्वतन्त्र र निष्पक्ष भएर फैसला गरेमा अदालतप्रतिको आस्था र विश्वास स्वत्ः बढ्दै जाने बताउनुभयो ।

सुवेदीले न्यायाधीशले गर्ने फैसला र आदेशलाई औसतमा राम्रो गरेको छु भन्ने छुट नहुने बताउनुभयो । संसदीय समितिले नाम अनुमोदन गरेपछि अब सुवेदी र चुडाललाई राष्ट्रपति विद्या भण्डारीले न्यायाधीशमा नियुक्त गर्नुहुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *