करदाता सचेतना अभियान प्रभावकारी बनाउन सडक नाटक (भिडियो रिपोर्टसहित)
३ वैशाख २०७८ काठमाडौं । काठमाडौं नगरपालिकाले करदाता सचेतना अभियान प्रभावकारी बनाउन आजदेखि सडक नाटक शुरु गरेको छ ।
दबाबमा भन्दा पनि सकारात्मक सन्देश दिएर कर तिराउन सडक नाटक’ शुरु गरिएको महानगरले जनाएको छ । पहिलो चरणमा काठमाडौं महानगरपालिका भित्रका १० ठाउँमा सडक नाटक देखाइनेछ ।
आज बसन्तपुर, कालिमाटी र कलंकीमा देखाइएको छ । नाटकमा कर तिर्दा हुने फाइदा र नतिर्दा हुने बेफाइदाबारे जानकारी दिइएको छ ।
काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख डाक्टर शिवराज अधिकारीले दबाबमा भन्दा स्वतःस्फुर्त रुपमा कर तिर्नुपर्छ भन्ने सचेतना जगाउन प्रयास गरिएको बताउनुभयो ।
पहिलो चरणमा आर्थिक कारोबार बढी हुने क्षेत्रका बजार र विस्तारै सबै स्थानमा नाटक देखाईने महानगरले जनाएको छ । नाटक मार्फत तिरेको कर राज्यले कसरी सदुपयोग गर्छ भन्ने देखाउन खोजिएको छ ।
प्रतिक्रिया