Main News

माथिल्लो तामाकोशीमा अस्वाभाविक ढिलाइ भएकोमा प्रधानमन्त्रीको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २ गते २०:१९
माथिल्लो तामाकोशीमा अस्वाभाविक ढिलाइ भएकोमा प्रधानमन्त्रीको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन माथिल्लो तामाकोशी परियोजनामा अस्वाभाविक ढिलाइ भएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

काठमाडौंमा आज नेपाल ल्याण्ड सूचना प्रणाली र मेरो कित्ता एप शुरु गर्दै प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशीमा एक वर्षदेखि ढिलाइ भइरहेको भन्दै अब सहन नसक्ने चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीले धेरै कडाइ गरेर मेलम्चीको पानी काठमाडौं आएको समेत बताउनुभयो ।

हरेक दिनजसो ताकेताका कारण पानी ल्याउन सफल भएको भन्दै अब कुनै पनि क्षेत्रमा ढिलासुस्ती सरकारले नसहने उहाँले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *