बाँकेमा कोरोना संक्रमण तिब्र, बालबालिका पनि प्रभावित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १ गते १३:५९
बाँकेमा कोरोना संक्रमण तिब्र, बालबालिका पनि प्रभावित (भिडियो रिपोर्टसहित)

१ वैशाख २०७८ बाँके । बाँकेमा कोरोना संक्रमण तिब्र गतिमा बढ्दै गएको छ । संक्रमणबाट बालबालिका पनि प्रभावित भएका छन् ।

बाँकेमा हिजो गरिएको परीक्षणमा ३, ६, १०, १५ र १६ बर्षका ५ जनामा संक्रमण देखिएको छ । चैत महिनामा मात्रै बाँकेमा १९ बर्ष भन्दा कम उमेरका १७ जना बालबालिकामा संक्रमण देखिएको छ ।

पछिल्ला दिन थपिएका संक्रमितमध्ये सरदर १० प्रतिशत बालबालिका छन् । चिकित्सकले संक्रमण तिब्र गतिमा बढ्दै गएकाले केही समयका लागि विद्यालय बन्द गर्न सुझाव दिएका छन् ।

गत वर्षको दाँजोमा यसपटक संक्रमणबाट बालबालिका धेरै प्रभावित भएका छन् । कोरोनाको पहिलो लहरमा बालबालिकामा संक्रमण कम देखिएको थियो ।

पछिल्ला केही महिनादेखि विद्यालय सञ्चालन भएका कारण बालबालिकामा संक्रमण बढेको हो । भेरी अस्पतालमा अहिले ७२ जना संक्रमित भर्ना भएका छन् । ती मध्ये २५ जनालाई आइसीयुमा राखिएको छ ।

आइसीयु बेड पुरै भरिएकाले नयाँ सिकिस्त बिरामीलाइ अब समस्या हुने भएको छ । भर्ना भएकामध्ये ४० जनालाई अक्सिजन दिएर राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *