Main News

प्युठानमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १ गते १३:१९
प्युठानमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु

१ वैशाख २०७८ प्युठान । प्युठानमा भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको जीप प्युठानको रुमाले भन्ने स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

लु १ ज १६५५ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । जीप सवार १२ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ ।

दुर्घटनास्थल स्वर्गद्वारी नजिकै पर्दछ । मृतकको सनाखत भइसकेको छैन भने दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *