राजनीति

प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको नेपाल–खनाल समूहको आरोप (भिडियो रिपोर्टसहत)

हिमालय टिभी
२०७७ चैत ३१ गते १८:२९
प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको नेपाल–खनाल समूहको आरोप (भिडियो रिपोर्टसहत)

३१ चैत २०७७ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहका नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको आरोप लगाएका छन् ।

रुपन्देहीमा समानान्तर कमिटी गठन पछि आयोजित विस्तारित बैठकमा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री ओलीले कम्युनिष्टको खोल ओढेर कम्युनिष्टलाई नै सिध्याउन खोजेको आरोप लगाउनुभयो ।

बैठकमा उपमहासचिव घनश्याम भूषालले सरकार बनेको ३ वर्षमा सबै भताभूंग भएको बताउनुभयो । उहाँले अहिले बचेको एमाले पनि प्रधानमन्त्री ओलीले सिध्याउन खोजेको आरोप लगाउनुभयो ।

नेपाल–खनाल समूहले रुपन्देहीमा राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय जिल्ला कमिटी बनाएको छ ।

कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवि चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराई चयन हुनु भएको छ । सचिव चौधरी तिलोत्तमा नगरपालिकाकी उपमेयर हुनुहुन्छ ।

यस्तै क्षेत्रीय कमिटी, स्थानीय तहका इन्चार्ज र जनवर्गीय संगठनको संयोजकको समेत जिम्मेवारी तोकिएको छ ।

देशैभर विवाद चुलिँदै गएपछि नेपाल–खनाल समूहले समानान्तर कमिटी बनाउने कार्य तिब्र पारेको छ । उसले लुम्बिनी प्रदेशका अर्घाखाँची, नवलपरासी र बाँकेमा पनि समानान्तर कमिटी गठन गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्