गुल्मीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

हिमालय टिभी
२०७७ चैत ३१ गते १७:२४
गुल्मीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

३१ चैत २०७७ गुल्मी । गुल्मीमा नुहाउने क्रममा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।

मदाने गाउँपालिका–३ सिर्सेनीमा दुई जना बालकको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।

आज बिहान अन्दाजी साढे ११ बजे स्थानीय पनाहा खोलामा नुहाउने क्रममा एक्कासी पानीमा डुबेर बेहोस् अवस्थामा भेटेका दुबै बालकलाई आफन्तले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्कोटदह गुल्मी लगेका थिए । उनीहरुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको पाण्डेले बताउनु भयो ।

मृत्यु हुनेमा मदाने गाउँपालिका–१ अग्लुङका पाँच वर्षीय सुमन विक र प्युठान गौमुखी गाउँपालिका–५ का ८ वर्षीय गोविन्द विकको रहेको प्रहरीले जनाएको छ । दुवैको शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *