Main News

सरकारले आज कोरोना रोकथामका लागि आज नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै

हिमालय टिभी
२०७७ चैत ३१ गते ८:२६
सरकारले आज कोरोना रोकथामका लागि आज नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै

३१ चैत २०७७ काठमाडौं । कोरोना महामारीको दोस्रो लहर फैलिएको निश्कर्षसहित सरकारले आज जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ ।

उप(प्रधानमन्त्री एवं सीसीएमसी संयोजक इश्वर पोखरेलले सरकारका तर्फबाट आज सार्वजनिक अपिलसहित मापदण्ड जारी गर्दै हुनुहुन्छ । सार्वजनिक संचारमाध्यममार्फत आज देशबासीलाई मापदण्डको पालनाबारे अपिल गर्ने तय भएको हो ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सरकारका प्रवक्ता पार्वत गुरुङले पनि उप(प्रधानमन्त्री पोखरेलसँगै देशवासीलाई मापदण्ड पालनाको लागि संयुक्तरुपमा अपिल गर्ने तयारी भएको छ ।

यूके भेरिएन्ट फैलिएको र जोखिम बढेको परिस्थिती आंकलनसहितको छलफल हिजोको मन्त्रिपरिषद्मा भएको थियो । तर, तत्काल लकडाउन र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द गर्ने तयारीमा सरकार देखिएको छैन ।

आज नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा देशवासीलाई अपिल गर्ने भएको छ ।

मन्त्रीपरिषद्को हिजो साँझ बसेको बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को पछिल्लो प्रस्तावमाथि छलफल भएको थियो । सीसीएमसीले शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरेको थियो । संक्रमणको परिस्थिती हेरेर सरकारले निर्णय लिने भएको छ ।

दोस्रो लहरमा बालबालिका बढी संक्रमित भएकाले शैक्षिक संस्था बन्द गर्न दबाब भएपनि सरकारले सरोकारवालासँग छलफल गरेपछि मात्र यसबारे निर्णय लिने भएको छ ।

विज्ञहरुले कोरोनाको दोस्रो लहर थप जोखिमपूर्ण हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । हिजो मात्रै १३ जना संक्रमितको मृत्यु भएको थियो भने ५ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *