Main News

ओली सरकार रहिरहे अराजकता बढ्ने कांग्रेस नेता कोइरालाको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३० गते १६:५६
ओली सरकार रहिरहे अराजकता बढ्ने कांग्रेस नेता कोइरालाको दाबी (भिडियो रिपोर्टसहित)

३० चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कायम रहिरहे अराजकता बढ्दै जाने बताउनु भएको छ ।

पोखरामा आज संचारकर्मीसँग नेता कोइरालाले ओली सरकारको विकल्प नदिने हो भने संसद नै अफापसिद्ध हुने दाबी गर्नुभयो । उहाँले कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर देशलाई निकास दिनुपर्ने बताउनुभयो ।

नेता कोइरालाले प्रधानमन्त्री ओलीसँग हिमचिम बढाउने जनता समाजवादी पार्टीको काम प्रत्युपादक हुने टिप्पणी गर्नुभयो ।

नेता कोइरालाले प्रधानमन्त्रीसंगै सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर पनि आक्रोश पोख्नुभयो । उहाँले सरकारले विजनेश नदिँदा चुप लागेर बसेर सभामुखले आफ्नो अधिकार प्रयोग गर्न नसकेको बताउनुभयो ।

नेता कोइरालाले प्रधानमन्त्री ओलीमा अलिकत्ति पनि नैतिकता र राजनीतिक इमान्दारिता नभएको आरोप पनि लगाउनुभयो ।

नेता कोइरालाले ओली सरकार हटाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि उचित पहल नगरेको स्वीकार गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *