Main News

एमसीसी संसदमा बहसको विषय बनाउन एमालेको ओली पक्षको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३० गते १६:५०
एमसीसी संसदमा बहसको विषय बनाउन एमालेको ओली पक्षको माग (भिडियो रिपोर्टसहित)

३० चैत २०७७ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले अमेरिकी सहयोग परियोजना एमसीसीसम्बन्धी सम्झौतालाई संसदमा बहसको विषय बनाउन माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय सांसद खगराज अधिकारीले एमसीसीबारे संसदमा छलफल गराउन माग गर्नुभएको हो । एमसीसी सत्ताबाहिर हुँदा राष्ट्रिय हित अनुकुल र बाहिर हुँदा प्रतिकुल बनाइरहेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

अमेरिकाले नेपाललाई एमसीसी कार्यक्रममार्फत् ५० करोड डलर सहयोग गर्ने सम्झौता संसदबाट अनुमोदन नहुँदा अघि बढ्न सकेको छैन।

एमालेकै अर्का सांसद गंगा चौधरी सत्गौंवाले अहिले सरकार फेर्ने प्रयास भैरहेको भन्दै आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *