Main News

उपत्यका भित्रने नाकामा कोरोना जाँचमा यस्तो लापरबाही

हिमालय टिभी
२०७७ चैत २९ गते १७:४३
उपत्यका भित्रने नाकामा कोरोना जाँचमा यस्तो लापरबाही

२९ चैत २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य दुई नाकामा कोरोना संक्रमणको जोखिम घटाउन जाँचमा कडाइ गर्नुपर्ने बताइरहे पनि अवस्था भने ठिक विपरीत देखिएको छ ।

आज दिउँसो काठमाडौं भित्रिने पश्चिमी नाका नागढुङ्गा र पूर्वी नाका साँगा भञ्ज्याङमा कुनैपनि सुरक्षा सावधानी, जाँच भएको देखिएन ।

सवारी साधनमा रहेका यात्रु तथा कर्मचारी स्वयमले पनि सुरक्षाको उपाय–सावधानी अपनाएका छैनन् । तैनाथ सुरक्षाकर्मीले सवारी साधनको लगत लिने मात्रै काम गरेका छन् ।

यी दृश्यले काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढाएको छ । मास्क लगाउने, दूरी कायम गर्ने कुनै पनि सुरक्षा सावधानीको उपायको न्युनतम रुपमा पनि प्रयोग भएको छैन ।

यात्रुहरु बिना मास्क कुनै भौतिक दूरी कायम नगरी जोखिमपूर्ण रुपमा उपत्यका प्रवेश गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *