Main News

शिवपुरी राष्ट्रिय निकुञ्जमा भीषण डढेलो, हेलिकोप्टरबाट नियन्त्रणमा लिने प्रयास

हिमालय टिभी
२०७७ चैत २९ गते १६:३५
शिवपुरी राष्ट्रिय निकुञ्जमा भीषण डढेलो, हेलिकोप्टरबाट नियन्त्रणमा लिने प्रयास

२९ चैत २०७७ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र सत्ता गठबन्धनका विषयमा औपचारिक छलफल शुरु भएको छ ।

सत्ता गठबन्धनबारे औपचारिक निर्णय गर्न जनता समाजवादी पार्टीका पदाधिकारीबीच आजदेखि छलफल शुरु भएको हो । बैठकमा माओवादी केन्द्र, जनता समाजवादी र कांग्रेस मिलेर सरकार बनाउने कांग्रेसको प्रस्तावमाथि निर्णय हुनेछ ।

जसपाभित्र प्रधानमन्त्री केपी ओलीको विकल्पबारे दुई मत छ । अध्यक्ष महन्थ ठाकुर पक्ष ओलीको निरन्तरताको पक्षमा छन् भने उपेन्द्र यादव लगायतका नेताहरु ओलीको विपक्षमा छन् । तर आजको बैठकपछि अध्यक्ष यादवले ओलीसँग मिल्ने कुनै संभावना नरहेको बताउनुभयो । क्रान्तिकारी र प्रतिगामी मिल्नै नसक्ने यादवले दावी गर्नुभयो ।

जसपाले रेशम चौधरीलाई रिहा, राजनीतिक मुद्दामा जेल परेका कैदीलाई छोड्ने र संविधान संशोधनलाई आफ्नो राजनीतिक प्रतिष्ठाको विषय बनाएको छ । यी माग ओलीबाहेक अरुले पूरा गर्न नसक्ने महन्थ ठाकुरको बुझाइ छ ।

गत शुक्रबारसमेत ६ नेताबीच भएको अनौपचारिक संवादमा राजनीतिक गतिरोध अन्त्यका निम्ति जसपाले निर्णय लिनुपर्ने सैद्धान्तिक सहमति भएको थियो । संस्थागत निर्णय कस्तो लिने भन्ने विषयमा छलफल गर्न शीर्ष नेताहरू फेरि जुटेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *