Main News
चितवनमा भएको भ्यान दुर्घटनामा दुई जनाको मृत्यु, सात जना घाइते
२०७७ चैत २९ गते १३:१०
२९ चैत २०७७ चितवन । चितवनमा भ्यान दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ रामपुर चौकी नजिक भ्यान दुर्घटना हुँदा कास्कीको रुपा गाउँपालिका वडा नम्बर १ का सूर्य खाती र भरतपुर महनगरपालिका वडा नम्बर ४ का ५० वर्षीय राजेन्द्र दमाईको मृत्यु भएको हो ।
भरतपुरबाट शारदानगर टाउनका लागि छुटेको ना १ ज ३८५९ नम्बरको भ्यान दुर्घटनामा घाइते भएका ७ जनाको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया