आर्थिक

उद्योग वाणिज्य महासंघको १० वर्षे भिजन पेपर सार्वजनिक, के छ भिजनमा ?

हिमालय टिभी
२०७७ चैत २८ गते १७:४७
उद्योग वाणिज्य महासंघको १० वर्षे भिजन पेपर सार्वजनिक, के छ भिजनमा ?

२८ चैत २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सम्मानित निजी क्षेत्र, समुन्नत नेपालको नारासहित १० वर्षे भिजन पेपर सार्वजनिक गरेको छ ।

महासंघले ५५औं वार्षिक साधारण सभा र उद्योग वाणिज्य दिवसको अवसरमा आज काठमाडौंमा एक समारोह गरेर एक सय वटा योजना समावेश गरेर भिजन पेपर सार्वजनिक गरेको हो ।

महासंघले देशको अर्थतन्त्र सन् २०३० सम्म १ सय अर्ब डलरको बनाउने लक्ष्य लिएको छ । महासंघले भिजन पेपरमा समावेश गरेका सय वटा योजनामध्ये ४० वटा २ वर्षभित्र कार्यान्वयनमा लगिनेछ । वार्षिक ४ लाखलाई रोजगारी दिने कल्पना गर्दै दश वर्षमा थप २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य पनि महासंघले लिएको छ ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले महासंघले तयार पारेको भिजन पेपर र सरकारले दिएको दिगो विकासको लक्ष्य एउटै भएकाले सबैको सझा संकल्पबाट समृद्ध नेपाल बनाउन सकिने बताउनुभयो ।

भिजन पेपरमा देशको आर्थिक विकासका लागि कोभिडपछिको आर्थिक पुनरुत्थान, नीतिगत सुधार, प्रतिस्पर्धी बजार रणनीति, लगानी प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार, पूर्वाधार विकास जस्ता बिषयहरु समेटिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *