Political Hightlights

भरत शाह प्रदेश २ माओवादी केन्द्रको संसदीय दलको नेता चयन

हिमालय टिभी
२०७७ चैत २८ गते १७:३१
भरत शाह प्रदेश २ माओवादी केन्द्रको संसदीय दलको नेता चयन

२८ चैत २०७७ धनुषा । नेकपा माओवादी केन्द्रले प्रदेश २ को संसदीय दलको नेतामा भरत शाहलाई चयन गरेको छ ।

जनकपुरधाममा बसेको पार्टी संसदीय दलको बैठकले नयाँ नेता चयन गरेको हो । यस्तै, उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र सचेतकमा रुबी कर्णलाई चयन गरिएको छ ।

तत्कालीन नेकपा एमालेसँग एकीकरण हुनुअघि माओवादी दलको नेतामा रामचन्द्र मण्डल हुनुहुन्थ्यो । तर उहाँ नेकपा एमालेतिर लाग्नुभएको थियो ।

बैठकले एमालेतिर लागेका मण्डलसहित ४ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ । प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्